३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मजदुर दिवसमा कार्यक्रम


१९ बैशाख २०७३, आइतबार  

0
Shares

खजुरगाछी १९, चैत्र / धिरज चामल उद्योग खजुरगाछीमा रहेका मजदुरहरुले १२७ औं मजदुर दिवसको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरी मजदुर दिवस मनाएका छन् ।
उद्योगको परिषरमा भएको कार्यक्रममा नेपाली काँग्रेस आवद्व मजदुर ट्रेड युनियनको नयाँ समिति सर्वसम्मत चयन भएको छ । नव गठित समितिमा चमरलाल यादवको  अध्यक्षतामा ११ सदस्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा राम दुलार शर्मा, सचिवमा विनोद यादव, सह–सचिवमा संजय यादव र कोषाध्यक्षमा विजय यादव रहेका छन् । समितिको अन्य सदस्यहरुमा तारालाल यादव, दिनेस यादव, महेन्द्र यादव, धवन  शर्मा, जयनारायण ठाकुर, मरङ्गमाई मर्डी रहेका छन् । कार्यक्रममा धिरज चामल उद्योगका म्यानेजर  सुरेन्द्र शर्मा, पुर्व मजदुर नेता झर्कु यादवलगायतले मन्तब्य राखेका थिए । कार्यक्रम समितिका अध्यक्ष चमरलाल यादवको सभापतित्वमा भएको थियो । उद्योगमा २ सय बढी मजदुरहरु कार्यरत छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७३, आइतबार  ९ : ३७ बजे