१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आर्मी पोखरा कपको फाइनलमा


१० बैशाख २०७३, शुक्रबार  

0
Shares

वैशाख १० Nabayug-Shrestha1, पोखरा । नेपाल आर्मी क्लब मनकामना केबुलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको खेलमा धरान ११ माथि १-० को कठिन जित निकाल्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

अब उसले उपाधिका लागि मनाङसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।  आर्मी र मनाङ पछिल्लो ३ महिनामा दोश्रो पटक पोखरामा उपाधिका लागि भिड्न लागेका हुन् । यसअघि माघमा आहा ! रारा गोल्डकपको उपाधिका लागि दुई टोली आमनेसामने भएका थिए, जसमा मनाङले १-० को जित निकालेको थियो ।

पोखरा रङ्गशालामा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले एकमात्र निणर्ायक गोल गरे । उनले खेलको ५० औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । सन्तोष तामाङले मध्यभागबाट दिएको लामो पासलाई नवयुगले वान टच प्रहार गर्दै गोल गरे ।

शुरुवातदेखि नै लगातार दबावमा राखेर खेलेको आर्मीले आधा दर्जन भन्दा बढी अवसर खेर फाल्यो । बंगबन्धु र बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा समेत हृयाटि्रक गरेर उत्कृष्ट फिनिसरको रुपमा परिचय बनाएका नवयुगले विहीबारको खेलमा भने लोभलाग्दा अवसर खेर फाले ।

नवयुग ८५ औं मिनेटमा खाली पोष्टमा समेत गोल गर्न चुके । भरत खवासले दिएको पास गोलकिपर बिट भइसकेको अवस्थामा पनि नवयुगले गोल गर्न सकेनन् । उनले सेकेण्ड बार च्यापेर गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

७७ औं मिनेटमा पनि उनी वान भर्सेज वानको अवस्थामा गोल गर्न चुके । किपरलाई छलाएर प्रहार गर्न खोज्दा उनी गोल गर्न असफल भए । ४१ औं मिनेटमा समेत नवयुगको कडा प्रहार किपरले विफल पारे ।

पि्र क्वाटर र क्वाटर फाइनलमा केही कमजोर देखिएको धरानले सेमिफाइनलमा केही सुधारिएको प्रदर्शन गर्‍यो । तर, आर्मीबिरुद्ध गोलको अवसर खासै सिर्जना गर्न सकेन । तेश्रो मिनेटमै लक्ष्मण रुचालले प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरे ।

त्यो बाहेक धरानले आर्मिबिरुद्ध अन्य कुनै उत्कृष्ट मुभ निकाल्न सकेन ।

खेलमा आर्मीका पदम तामाङ म्यान अफ दी म्याच भए । जितपछि आर्मीका प्रशिक्षक मेघराज केसीले फाइनलका लागि रिजर्भ गर्न खोज्दा जित कठिन भएको बताए ।

प्रकाशित मिति : १० बैशाख २०७३, शुक्रबार  १२ : ०८ बजे