३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अपांग परीक्षार्थीलाई एक घन्टा थप


१५ चैत्र २०७२, सोमबार  

0
Shares

काठमाडौं  १५, चैत /   परीक्षा नियन्त्रण कार्यालयले यही चैत १८ गतेदेखि हुने प्रवेशिका परीक्षा (एसएलसी) परीक्षाको सबै तयारी पूरा भएको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यस वर्ष ६ लाख १५ हजार ५ सय ५३ जनाले परीक्षा दिने तयारी गरिरहेको जानकारी दिएको छ ।

जसमा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ जना र प्राविधिक विषयतर्फ ३ हजार २ सय ५५ जनाले परीक्षा दिनेछन् ।

परीक्षाका लागि देशभर १ हजार ९ सय ४३ ओटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसएलसी परीक्षाका लागि ७२ हजार ८ सय ९६ जना जनशक्ति परिचान गरिने भएको छ । अपांग परीक्षार्थीलाई एक घन्टा थप समयको व्यवस्था गरिएको छ ।

७५ प्रतिशत हाजिर नपुगेर देशभरबाट कति विद्यार्थीले एसएलसी दिन पाएनन् भन्ने तथ्यांक भने आइनपुगेको परीक्षण नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । एसएलसी परीक्षा चैत १८ गतेदेखि २६ गतेसम्म चल्ने छ भने प्राविधिक विषयको परीक्षा चैत २९ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७२, सोमबार  ९ : ३९ बजे