१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फेसबुकका यी प्रडक्ट असफल


१४ चैत्र २०७२, आइतबार  

0
Shares

फेसबुक अहिले विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता भएको तथा सबैभन्दा सफल सोसल नेटवर्किंग साइट हो ।

स्थापनाको १२ वर्षमै फेसबुकले अद्धितीय सफला प्राप्त गरेको छ । तर यो सफलतासँगै फेसबुकका कतिपय असफलताका कथा पनि छन् । फेसबुकका केही यस्ता प्रडक्ट पनि छन् जो असफल सावित भएका छन् र केही न केही कारणले अघि बढ्न सकेनन् । जसका कारण फेसबुले बीचमै यिनलाई त्यागिदियो ।

कतिपय प्रडक्टले प्राइभेसी कानून तथा नेट न्युट्रेलिटीको उल्लंघन गरे अनि विश्वभर आलोचना खेप्नुपर्यो । असफल भएका फेसबुकका केही प्रडक्ट यस्ता छन्:

पर्स: पर्स एक मोबाइल डेभलपमेन्ट प्लेटर्फम थियो, जसलाई सन् २०१३ मा फेसबकले खरीद गरेको थियो । तर आफुले अन्य ठूला प्रोजेक्टमा ध्यान केन्दि्रत गर्नुपर्ने भन्दै फेसबुले यसलाई बन्द गरिदियो ।

फेसबुक डिल्स:  सन् २०११ मा फेसबुकले फेसबुक डिल्स सुरु गरेको थियो । तर यो लामो समय टिक्न सकेन । ४ महिनापछि नै यो बन्द भयो ।

फेसबुक गिफ्टस:  फेसबुक गिफ्टको माध्यमबाट प्रयोगकर्ताहरु विभिन्न उपहार खरीद गरेर आफ्नो पि्रयजनलाई पठाउन सक्दथे । सन् २०१२ को सेप्टेम्बरमा सुरु भएको यो सेवालाई फेसबुकले १ वर्षपछि नै बनद गरिदियो ।

फेसबुक क्रेडिट्स:  फेसबुक क्रेडिट्सको माध्यमबाट प्रयोगकर्ताले क्रेडिटको माध्यमबाट सपिंग गर्न सक्दथे । प्रयोगकर्ताले गेममा जितेको अंक जस्तै गरी क्रेडिट प्राप्त गर्दथे । तर प्रयोगकर्ताले यो रुचाएनन् । प्रयोगकर्ताहरु भ्रमित भएको गुनासोसँगै फेसबुकले यसलाई बन्द गरिदियो ।

अटोफिल:  यो फिचरद्धारा प्रयोगकर्तालाई क्रेडिट कार्ड डिटेल्स स्टोर गर्ने सुविधा दिइन्थ्यो । यसलाई सेप्टेम्बर २०१३ मा लन्च गरिएको थियो । तर यो खासै सफल नभएपछि फेसबुकले यसलाई बन्द गरिदियो ।

फेसबुक इनबक्स:  फेसबुकले फेसबुक इनबक्स नामको एक इमेल सेवा सुरु गरेको थियो जसका लागि मानिसहरुलाई इमेल ठेगाना पनि उपलब्ध गराइयो । तर धेरै मानिसहरुले यो प्रयोग नै गरेनन् र फेसबुकले यसलार्य बन्द गरिदियो ।

फेसबुक एफबीएमएल:  वेबसाइटमा एचटिएमएलको साटो फेसबुकले एफबीएमएलको सुरुवात गरेको थियो । तर यसलाई फेसबुकले तत्कालै बन्द गर्यो ।

फेसबुक बिकन:  फेसबुक बिकन फेसबुक विज्ञापनकै एक हिस्सा थियो । फेसबुक प्रयोगकर्ताको डाटा विज्ञापनदाताहरुालई प्रदान गरिन्थ्यो र यसले विज्ञापनदातालाई लक्षित उपभोक्ताको बारेमा जानकारी हासिल हुन्थ्यो र सोही अनुरुपको विज्ञापन दिन पाउँथे । तर यस्तो गर्नु गोपनीयता कानूनको उल्लंघन भएको भन्दै विवाद उठेपछि फेसबुकले यसलाई बन्द गर्यो ।

फेसबुक स्पोन्सर्ड स्टोरी:  फेसबुकको यो प्रडक्टको धेरै विवादास्पद विषयका कारण यसको गलत उपयोग हुन थाल्यो । त्यसपछि फेेसबकुले धेरै निर्देशिकाका साथ यसलाई पुनः पेश गर्यो । तर यसले खासै सफलता प्राप्त गर्न सकेन ।

फेसबुक प्लेसेस:  प्रयोगकर्ताको गुनासो तथा गोपनियता कानूनको उल्लंघन भएको भनि विवाद उठेसँगै फेसबुकले यो सेवालाई सन् २०११ को सेप्टेम्बरमा बन्द गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७२, आइतबार  ४ : १२ बजे