गौरीगंज २२, असार / गौरीगंज गाउँपालिका वार्ड नं. ६ ले यहाँका कृषकहरुलाई स्प्रे टेंकी प्रदान गरेको छ । वार्ड कार्यालयले आमज यहाँका ४१ जना कृषकहरुलाई १६ लि. क्षमता भएको स्प्रे टेंकी प्रदान गरेको हो । वार्डको सिलिङ्ग वजेटबाट वास्तविक किसानहरुको पहिचान गरी कृषकहरुलाई स्प्रे टंकी वितरण गरेको वार्ड अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिएका छन् ।…