१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रतुवा खाेलामा डुबेर एक युवक वेपत्ता, रतुवापुलकाे पश्चिम पट्टी बाटाे खाेलाले भत्काएपछि सम्बन्ध विच्छेद


२८ असार २०७७, आइतबार  

0
Shares

20200712_202642

गाैरीगंज २८, असार / रतुवा खाेलामा आएकाे बाढीले बगाएर आज एक जना युवक वेपता भएका छन् ।

हुलाकी सडक अन्तर्गत झापा र माेरङ्ग विचमा पर्ने रतुवा खाेलाकाे पुलकाे पश्चिम पट्टीकाे बाटाे खाेलाले भत्काएपछि तर्ने क्रममा रतुवामाई नगरपालिका वार्ड नं. ७ डाँगीटाेलाका अन्दाजी २१ बर्षिय अरूण ऋषिदेव बेपत्ता भएका हुन् ।
उनीसंगै खाेला तर्ने साेही स्थानका अन्दाजी वर्ष २० का गाेविन्द ऋषिदेव भने पाैडेर बाच्न सफल भएका छन् । वेपत्ता भएका युवक रतुवामाई नगरपालिका वार्ड नं. ७ घर भएका विन्देश्वर ऋषिदेवका छाेरा हुन् । उनीहरू दुबै जना रतुवामाईबाट गाैरीगंजतर्फ आउन खाेला तर्दै थिए।
खाेलामा आएकाे बाढीले रतुवा पुलकाे पश्चिम पट्टीकाे बाटाे भत्काएपछि गाैरीगंज गाउँपालिका र रतुवामाई नगरपालिकाकाे सम्बन्ध विच्छेद भएकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ५ का वडा सदस्य राजेन्द्र ताजपुरियाले जानकारी गराएका छन् ।
गएरातीकाे अविरल बर्षाले खाेलामा पानी बढेपछि खाेला अहिले पुल पश्चिम पट्टीबाट बग्न थालेकाे छ ।
वेपत्ता भएका युवककाे खाेजी कार्य साँझसम्म गरिए पनि पत्ताे नलागेकाे गाैरीगंज प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  २ : ४६ बजे