१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विपीकाे स्मृतिमा गाैरीगंजमा विचार गाेष्टि


६ श्रावण २०७७, मंगलबार  

0
Shares

20200721_111203

गाैरीगंज ६, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा आज ३८ विपी स्मृति दिवसका अवसरमा एक कार्यक्रमकाे आयाेजना गरि विचार गाेष्टि सम्पन्न गरेकाे छ ।
नेपाली कांग्रेस वार्ड ६ का वडा सभापति वद्री नारायण यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रजातान्त्रिक आन्दाेलनमा स्व. विपी काेईरालाले दिएकाे याेगदानकाे विषयमा विभिन्न वत्ताहरूले चर्चा गरेका थिए । विपी काेईरालाकाे तस्वीरमा अविर र पुष्प चढाएर शुरू गरिएकाे कार्यक्रममा बीपीको चिन्तन, बिश्लेषण र दृष्टिकोण आज पनि उतिकै सान्दर्भिक र मौलिक भएकाे अधिकांस वत्ताहरूले बाेलेका थिए ।

तेस्रो बिश्वमा धनी र गरीबका बीचको खाडल अहिले पनि भन् झन् गहिँरिदै, बढ्दै गएको अवस्था रहेकाे भन्दै वत्ताहरूले विपीकाे सिद्धान्त र उनले देखाएकाे मार्ग दर्शनलाई सबै नेपाली कांग्रेस नेता तथा कार्यकर्ताहरूले अबलम्वन गर्नु पर्ने उनीहरूकाे भनाई थियाे ।

कार्यक्रममा बक्ताहरुले बीपी कोइरालाले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा नेतृत्व गर्दै २००७ सालकाे एकतन्त्रिय जहाँनिया राणा शासनको अन्त्य भएकाे त्यस पश्चात प्रजातन्त्रकाे उदय भएकाे वत्ताहरूले प्रसंशा गरे ।
नेपाली कांग्रेस महासमिति सदस्य फुलवती राजवंशी, महासमिति सदस्य नाैताली राजवंशी , क्षेत्रिय प्रतिनिधि कमलेश्वर राजवंशी र  नेेेपाल चिया बगान श्रमिक   संघकापुर्व जिल्ला अध्यक्ष रामकृष्ण यादवलगायतले बाेलेका थिए ।

 कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य प्रमेद यादव, राधा अधिकारी, नारायण अधिकारी, गाेपाल पाैडेल, मेघराज राजवंशी , मुकेश कुमार साह, सुन्दरलाल राजवंशी, दिपेन्द्र यादव, विष्णु राजवंशी, रमकुमारी विक, सन्तलाल यादव, माे. आसामुदिनलगायतकाे सहभागीता थियाे । उदिमकुमार राईले स्वागत गरेकाे कार्यक्रमकाे संचालन वडा सचिव असाेक प्रसाद यादवले गरेका थिए ।

20200721_111142

20200721_111337
20200721_094728

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : ३५ बजे