झापा १३, साउन / प्रहरीले एक हजार ४ सय ७० किलो अवैध सुपारी बरामद गरेको छ । सोमबार बिहान साढे १ बजे झापाको मेचीनगर नगरपालिका–४, प्रसादगौंडामा लुकाएर राखेको अवस्थामा सुपारी बरामद भएको हो ।
झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले ती सुपारी बरामद गरेको हो ।
बरामद सुपारीको अन्दाजी मूल्य साढे ४ लाख छ । बरामद सुपारीलाई सोमबारै मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको थापाले बताए । सुपारी धनीलाई पनि प्रहरीले पक्राउ गरेको छैन ।