गाैरीगंज २५, साउन/ आदिवासी रंगशालाको नामाकरणमा राज्यपक्षबाट सुनियाेजित ढंगबाट मदन भण्डारी स्मृति रंगशाला बनाउन खोजिएको भन्दै झापाली आदिवासीहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् । विश्व आदिवासी दिवसकाे अवसर पारेर शुक्रबार आदिवासीहरुले आफ्नो हक अधिकार सुनिश्चीतताको माग गर्दै मुख्यमन्त्री राईलाई आफूहरुलाई आदिवासी रंगशाला नै चाहिएको धारणा सार्वजनिक गरेका छन् । नेपाल आदिवासी…