१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज फतेपुर नाकाको दशगजामै पुगेर विद्यार्थीले लगाए ‘गो ब्याक इन्डिया’ नारा


५ मंसिर २०७६, बिहिबार  

0
Shares

nebisang

गौरीगंज ५, कार्तिक / गौरीगंज गाउ“पालिकाको फत्तेपुर नाकाको दशगजा क्षेत्रमा पुगेर ‘ गो ब्याक इन्डिया’ नारा लगाउदै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ।
गौरादह बहुमुखी क्याम्पस र कृषि क्याम्पस गौरादहको इकाई समिति नेपाल विद्यार्थी संघको संयुक्त अगुवाईमा आज विहान दसगजादेखि ५ सय मिटर टाढाबाट ‘भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक इन्डिया, हाम्रो भूमि, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाउदै दशगजा क्षेत्रमा पुगी उनीहरुले कोणसभा गरेका थिए । कोणसभा भइरहेको समयमा भारतीय प्रहरीले भने चुपचाप सुनिरहेका थिए । उनीहरुले भारती नागरिकलाई आफ्नो फोन सेट दिएर कार्यक्रमको भिडियो र फोटो खिच्न लगाएका थिए ।
कालापानी, लिपुलेक र लिम्पुवाधुरा भुभाग नेपालको हो भन्दै यी क्षेत्रहरु भारतले जारी गरेको राजनीतिक नक्सामा समावेश गरेकोमा आपति जनाउदै भारतीय नक्सा तत्काल सच्चाउन विद्याथीहरुले माग गरेका थिए । कोणसभामा विद्यार्थी नेता महेन्द्र भट्टराईले भारतीय विस्तारवाद नीतिको विरोध गरेको भन्दै नेपालको एक टुक्रा जमिन पनि अतिक्रमण गर्न नदिने बताए । इतिहास साक्षी छ, त्यसलाई भारतले मानेर गए दुवै देशको भलो हुने बताउदै नेता भट्टराईले नेपाल सरकारले अतिक्रमण गरेको भुभागका विषयमा छिट्टो भन्दा छिट्टो समस्या सुल्झाउन आग्रह गरे । सानो देश नेपाल भए पनि हाम्रा विर पुरुष बलभद्र कुव“र, अमर सिंह जस्ता सहिदहरुको रगतले सिंचित भएको देशको लागि हामी मर्न तयार छौ तर एक इन्च पनि नेपालको माटोलाई छुन नदिने उनले बताए ।
नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले कालापानी, लिपुलेक र लिम्पुवाधुरा क्षेत्र कुनै पनि हालतमा भारतले फिर्ता गर्नु पर्ने बताए । भारतले जारी गरेको आफ्नो नक्सामा नेपालको भुभालाई समेट्नु अन्तराषर््िट्रय कानुनको पनि विपरित भएको भन्दै त्यसको सबै नेपालीले प्रतिवाद गर्नु पर्ने बताए । कोणसभामा कमल गाउ“पालिकाका नेविसंघ सभापति जितेन साम्पाङ्क राई, गौरादह कृषि क्याम्पसका नेविसंघ इकाइ सभापति कुशल लामिछाने, गौरीगंज बहुमुखी क्याम्पसका स्ववियु सभापति देव ताजपुरियालगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन नेविसंघ गौरादह नगरसभापति बाबुराम नेपालले गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ६ : १८ बजे