१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा ५० परिवारलाई वाटर फिल्टर वितरण


९ मंसिर २०७६, सोमबार  

0
Shares

20191125_203155

गौरीगंज९, मंसिर / गौरीगंजक्षेत्रका गरिव तथा विपन्न परिवारका सदस्यहरुलाई शुद्व पानीकाे ब्यबस्था मिलाउने उद्येश्यले वाटर फिल्टर बितरण गरिएको छ। गौरिगंज गाउँपालिका वडा नं ३ सुदामभिट्टाका ५० घर परिवारलाई वाटर फिल्टर वितरण गरिएको हाे।

गौरीगंज गाउपालिका वार्ड नं. ३ सुदमभिट्टाका ५० विपन्न घर परिवारलाई अमेरिकामा रहेको टेरि मिकासा फाउन्डेसन संस्थाको सहयोगमा एक कार्यक्रमको आयोजना गरी उक्त वाटर फिल्टर साेमवार वितरण गरिएको हो ।
20191125_203441
गौरीगंज गाउपालिका वार्ड नं. ३ का वडाअध्यक्ष मखना महतोको सभापतित्वमा भएको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष टेरी मिकासा प्रमुख अतिथि थिए । प्रमुख अतिथि टेरी मिकासाले आफु ५८ औं पटक नेपाल भ्रमण गरेकोमा आजको भ्रमण सबैभन्दा फलदायी भएको धारणा राखे । उनले स्वास्थ्य क्षेत्रमा यहाका गरीब तथा विपन्न परिवारलाई शुद्व पानी पिउन भन्ने उद्येश्यले सानो सहयोग गरेको बताए ।

20191125_203508
‘स्वच्छ पानी स्वास्थ्य जीवन’ भन्ने नारालाई सार्थक तुल्याउन अझ निरन्तर सहयोग गर्ने प्रतिवद्वता समेत ब्यक्त गरे । कार्यक्रमका सभाअध्यक्ष मखना महतोले दातृ संस्थाले गरेको सहयोगमा धन्यवाद दिदै यसको उपयोग गर्न सबैलाई आग्रह गरे । उनले स्वास्थ्य जीवन नै सबै भन्दा ठुलो धन भएकाे बताउदै जीवनलाई सुखी राख्न सबैले स्वस्थ रहनु पर्ने धारणा राखे ।
कार्यक्रममा वर्क कमिटेड सोसाइटि नेपालको आयोजनामा भएको कार्यक्रममा विराट कम्युनिटि एण्ड लर्निङ्ग सेन्टरले संयोजन गरेको थियो । सेन्टरका अध्यक्ष मोहन शिवाकोटी, संस्थाका सचिव रुद्र सिटौला, वार्ड नं. ३ की वडा सदस्य सोमनी देवी पासवान लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमकाे सञ्चालन साेम आचार्यले गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  २ : ५० बजे