२० जेष्ठ २०८१, आइतबार | Sun Jun 2 2024

गाैरादहमा आध्यात्मिक सांस्कृतिक धार्मिक पर्यटन महाेत्सव शुरू


८ मंसिर २०७६, आइतबार  

0
Shares

20191124_175532
गौरादह ८, मंसिर /झापाको गौरादहमा आईतवारबाट आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव २०७६ शुरु भएको छ । गौरादह नगरपालिका ३ स्थित अतिथि सदनमा सुरु भएको महोत्सवमा आज पहिलो दिन बिहान भव्य रुपमा कलश सहितकाे शाेभा यात्रा निकालिएको थियाे। पञ्चेबाजा सहित निकालिएको शाेभायात्रामा हजारौंको संख्यामा भक्तजनहरुकाे सहभागीता रहेकाे थियाे। महोत्सव स्थलबाट निकालिएको शाेभायात्राले गौरादहकाे सनराइज टोल पञ्चेश्वर मन्दिर, निलगिरि, हाइस्कुल, दुर्गा मन्दिर हुदै बजार परिक्रमा गरि डिपुचोक, स्कुलचौन हुँदै पुनः महोत्सव स्थल आई कलश बिसर्जन गरिएको थियो ।
20191124_175545
कलश यात्रामा विभिन्न मठ मन्दिरका भक्तजनहरु, ,शिक्षक,संघ संस्थाका प्रतिनिधि,समाजसेवी र स्थानियवासिहरुकाे उल्लेख्य मात्रामा उपस्थिति रहेकाे थियाे। महोत्सव मुल समारोह समितिको आयोजना तथा उद्योग वाणिज्य संघ गौरादहको सह आयोजना र नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाको संयोजनमा महोत्सव संचालन गरिएको हाे।गौरादह तथा आसपासका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलकाे प्रवर्द्धन तथा अन्य क्षेत्रमा समेत प्रचारप्रसार गराउने उदेश्यले संचालन गरिएकाे धार्मिक तथा सास्कृतिक महाेत्सव यहीँ १६ गते सम्म संचालन गरिने समितिका सचिव सान नेपालले जानकारी गराए ।
20191124_175605
प्रदेश नं. १ का प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सोमनाथ अधिकारी प्यासीले महोत्सवको उद्घाटन गर्दै नेपाल सरकारले अवलम्बन गरेको पर्यटन बर्ष २०२० लाई समेत यस महाेत्सवले सघाउ र्पुयाउने बिस्वाश ब्यक्त गरे।प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले महाेत्सवले गौरादह क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रचारप्रसार गर्दै आन्तरिक पर्यटक प्रवद्वन गर्दै समाज र देशलाई रुपान्तरण गर्न धार्मिक तथा पर्यटन क्षेत्रको बिकासमा सहयाेग पुर्याउने बिस्वाश ब्याक्त गरे। गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले नगरकाे बिकाशका लागि महाेत्सवकाे आबस्यकता रहेकाे धारणा राखे।
20191124_175617
महाेत्सवकाे पहिलाे दिन महाआरति, भजन र्कितन, मोटिभेस्नल स्पीच हुने र भोलीबाट शुरु हुने महापुराणमा व्याससाचार्य भुवन गुरु र अन्य पण्डितहरु बाट संगीतमय श्रीमद्भागवत कथा वाचन, प्रवचन शुरु हुने आयाेजकले जनाइएको छ । महोत्सवमा पाथिभरा, लुम्बिनी जोन र मुक्तिनाथलाई एकै ठाँउमा समेटिएको छ ।
विभिन्न जातजातिका विभिन्न सांस्कृतिक मौलिक कला प्रस्तुती का साथै सहभागी हुने दर्सकहरुकालागि मनोरम दृष्यको व्यवस्था मिलाईएको छ भने व्यापारीक स्टलहरुको व्यवस्थापन गरिएको छ। महोत्सवमा प्रत्येक दिन बिहान योग विज्ञान शिविर सञ्चालन भइरहेको जनाइएको छ । पतञ्जली गौरादह नगर अध्यक्ष निर्मल बास्तोला र पुष्कर खड्काले सयौंको संख्यामा सहभागीहरुलाई खानपान, व्यायाम, विभिन्न आसनहरु, कपालभाँती र नसा सम्बन्धि विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण दिइने गरेकाे आयाेजकले जनाइएको छ । कार्यक्रममा पुर्व सांसाद दिपक कार्की, गाैरादह नगरपालिका मेयर राेहित कुमार साहलगायतकाे सहभागिता थियाे ।
उद्घाटन कार्यक्रम महाेत्सव मुल आयाेजक समिति संयाेजक डा.तिलक खनालकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १२ : १४ बजे