गाैरीगंज १०, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं ४ बेलगाछी सतारबस्तीका गरिब तथा विपन्न ११ सन्थाल परिवारकाे घर आज शिलान्यास गरिएकाे छ । गाैरीगंज गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले विधिपुर्वक पुजाअर्चना गरि आबाँस निर्माणकाे उद्घाटन गरेका थिए । विपन्न आवास निर्माण एकीकृत वस्ती याेजना अन्तर्गत गाैरीगंज गाउँपालिका र ह्याविट्याट फर ह्युमानिटि नेपाल…