१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाइजो नदिएको भन्दै बेहुला मण्डपनै छाडेर भाग्ने राजवंशी पक्राउ


१० जेष्ठ २०७६, शुक्रबार  

0
Shares

20190524_122426
मोरङ १०, जेठ/ विवाहमा दाइजो नदिएको भन्दै मण्डपमै बेहुली छाडेर भाग्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ जहदा गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई मोरङ प्रहरी पक्राउ गरेको हो । परम्परागत रुपमा गएकाे जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशी मागबमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गरेका थिए ।

उनले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल दिनुपर्ने भन्दै दबाब दिए तर बेहुली पक्षले दिन नसक्ने भनेपछि उनी विवाहको मण्डप नै छाडेर भागेको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयाे ।

आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामग्री दिन नसक्ने केटी पक्षकाले बताएपछि बेहुला पक्ष बेहुलीलाई मण्डपमै छाडेर हिँडेका राजवंशीलाई बुधबार पक्राउ गरिएको हो ।

बेहुलालाई बेहुली पक्षको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको छ । डीएसपी घनश्याम श्रेष्ठका अनुसार ‘राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसूर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।’

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ६ : ४१ बजे