१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काँग्रेस झापामा बिभिन्न समिति चयन, सचिब सम्बाहाम्फेलाई जिम्मेवारी दिईएन


२१ जेष्ठ २०७६, मंगलबार  

0
Shares

20190604_073933
झापा २१, जेठ /
नेपाली काङ्ग्रेस झापाले बिवादका बिच विभागीय समितिहरुलाई पूर्णता दिएको छ । काँग्रेस जिल्ला सभापति उद्धब थापा र सचिब प्रेम सम्बाहाम्फे बिच समितिलाई पूर्णता दिने बिषयमा बिवाद भए पछि सचिब सम्बाहाम्फे हिजोको बैठक नै बहिस्कार गरी बाहिर निस्केको काँग्रेस स्रोतले जानकारी दिएको छ । सभापतिले मनोनयम गर्न पाउने पार्टीको विधान अनुरुप विभिन्न १४ वटा उपसमिति गठन गर्दै विभागीय समितिहरुलाई पूर्णता दिइएको नेपाली काँग्रेस झापाले जनाएको छ ।

उक्त वैधानिक ब्यवस्था बमोजिम सङ्गठन विभाग प्रमुखमा सभापति उद्धव थापा रहेका छन् । जिम्मेवारी अनुसार पार्टीको प्रवक्तामा लोकराज ढकाललाई मनोनयन गरिएको छ । पार्टीले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापाको संयोजकमा राम कट्टेललाई मनोनित गरिएको छ भने समितिका सदस्यहरुमा पुष्पराज पौडेल, तिलकसिंह पाण्डे, लक्ष्मी खनाल कोइराला, अमृतबहादुर बुढाथोकी, गौरीमान फागो, जगन्नाथ राजवंशी चयन भएका छन् ।

नेपाली काङ्ग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा हिजो पार्टी कार्यालयमा सम्पन्न बैठकले अनुशासन समिति संयोजकमा सचिव तारावीर कटुवाल, आर्थिक विभाग संयोजकमा कोषाध्यक्ष केशवराज पाण्डे, श्रमिक तथा ट्रेड युनियन विभाग संयोजकमा दिपक तामाङ, शिक्षा विज्ञान तथा प्रविधि विभाग संयोजकमा तेजप्रसाद चौलागार्इं, पेशागत तथा बुद्धिजीवी विभाग संयोजकमा हरिकुमार सुवेदीलाई मनोनयन गरेको हो ।

त्यसैगरी, गैरसरकारी तथा सामाजिक सेवा विभाग संयोजकमा राजेन्द्रप्रसाद भण्डारीलाई मनोनयन गरिएको छ भने हुकुमसिंह राईको संयोजकत्वमा आदिवासी÷जनजाति विभाग गठन गरिएको पार्टीका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनु भयो ।
भातृ सङ्घसंस्था समन्वय विभाग संयोजकमा देउकुमार थेवे, सहकारी विभाग संयोजकमा भूपाल बस्नेत र सहसंयोजकमा दुर्गाप्रसाद सापकोटालाई मनोनयन गरिएको छ । अनुगमन तथा अभिलेख विभाग संयोजकमा दयानन्द गोस्वामी, युवा तथा खेलकुद विभाग संयोजकमा विजय रिजाल चयन भएका छन् । पार्टी विधान अनुरुप विभागीय समितिका संयोजकहरुको पदावधि आगामी अधिवेशनसम्म हुनेछ ।

काँग्रेसले जिल्लाका सबै पदाधिकारीहरुलाई जिम्मेवारी दिए पनि निर्वाचित सचिब प्रेम सम्बाहाम्फेलाई भने कुनै जिम्मेवारी तोकिएको छैन । काँग्रेस निकट स्रोतका अनुसार सचिब सम्बाहाम्फेले संगठन बिभाग आफुले पाउनु पर्ने बताए पछि सभापति उद्धब थापाले उक्त बिभाग आफैंसंग राख्ने भए पछि सचिब र सभापति बिच बिवाद भए पछि सचिब सम्बाहाम्फेले बैठक नै बहिस्कार गरेको बताइएको छ ।

हिजो सम्पन्न बैठकले नेपाली काङ्ग्रेसले सञ्चालन गरेको जागरण अभियान झापामा आगामी जेठ २५ गते कनकाई नगरको आयोजनामा जिल्लास्तरीय सभा गरी समापन गर्ने निर्णय समेत गरेको कार्यालय सचिव दाहालले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  १ : ५४ बजे