१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज माविका किशोरीलाई सेनेटरी प्याड


२० जेष्ठ २०७६, सोमबार  

0
Shares

sanitary1

गौरीगंज २०, जेठ / विद्यालयमा अध्ययनरत किशोरी विद्यार्थीहरुलाई आज किशोरी शिक्षा तथा सेनेटरी प्याड वितरण गरिएको छ ।
गौरीगंज गाउ“पालिका वार्ड नं. ३ का अध्यक्ष मखना महतोले गौरीगंज माविका किशोरी विद्यार्थीहरुका लागि ५०० थान सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
लैङिगक समानता तथा सामाजिक समावेशीकरणको बालबालिका लक्षित कार्यक्रम अन्तरगत गौरीगंज गाउ“पालिकाले २ लाख रुपैया“ बजेटबाट गौरीगंज माविसहित खजुरगाछी मावि, आदर्श मावि कोरोबारी र बालकल्याण मावि महाभाराका किशोरी विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गर्न लागिएको हो । कार्यक्रममा विद्याथीहरुलाई किशोरी अवस्थामा हुने शारीरिक परिवर्तन तथा महनिावारी भएको समयमा त्यसको व्यवस्थापनबारे किशोरी शिक्षा गौरीगंज प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. विद्या पोख्रेलले दिएकी थिइन् । कार्यक्रममा गौरीगंज शिक्षा शाखा प्रमुख केशव भट्राई, गौरीगंज मावि प्र.अ. गोविन्द घिमिरे सहभागि रहेको उक्त कार्यक्रममा गौरीगंज माविका ६० जना कक्षा ८, ९ र १० मा अध्ययनरत किशोरीहरुको सहभागि रहेको कार्यक्रमका संयोजक टिका गुरा“गाईले जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  १ : ०१ बजे