गौरीगंज २५, पुस / झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ । झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा नगद रु २० हजार जलेर नष्ट…