१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महिला सशक्तीकरण गाैरीगंजकाे विपन्न महिलाहरूलाई फेसन डिजाईन तालिम


३० पुस २०७५, सोमबार  

0
Shares

20190114_134112

गाैरीगंज ३०, पुस / राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजकाे ३ महिने फेसन डिजाइन तालिम आज उद्घाटन भएकाे छ ।
गाैरीगंज गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले तालिमकाे विधिपुर्वक उद्घाटन गर्नुभएकाे हाे ।
महिलाहरूलाई फेसन डिजाइनकाे तालिम दिई आत्म निर्भर तथा स्वराेजगार बनाउने उधेश्यले आयाेजना गरिएकाे तालिममा २० जना महिलाहरू सहभागी छन् । सीमान्तकृत तथा विपन्न समुदायका महिलाहरूलाई छनाैट प्रक्रियाबाट तालिममा सहभागी गराई उनीहरूकाे आर्थिक अवस्थालाई थाेरै भए पनि तालिमले सहयाेग पुग्ने कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले बताए । गाउँपालिकाकाे १ लाख ९० हजार रूपैयाँकाे आर्थिक सहयाेगमा सञ्चालन हुन लागेकाे याे तालिममा प्रशिक्षार्थीहरूलेे निरन्तर सहभागी भई लाभ लिन अध्यक्ष श्रेष्ठले बताए ।
संस्थाकि अध्यक्ष फुलबत्ती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, प्रशासकिय अधिकृत राजकुमार शाक्य, कार्यपालिका सदस्य राधा अधिकारीलगायतले शुभकामना मन्तव्य दिएका थिए । तीन महिने तालिमकाे सहजिकरण बन्दना रिजालले गर्दैछिन । कार्यक्रमकाे स्वागत संस्थाकि उपाध्यक्ष शर्मिला राजवंशीले गरेकी थिईन भने सञ्चालन संस्थाकी सचिव पुष्पा राजवंशीले गरेकी थिईन । राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजले ६ वटै वडामा संस्थाकाे समूह गठन गरिसकेकाे जनाएकाे छ । संस्थाले समुह मार्फत गाउँपालिकासंग सहकार्य गरि विभिन्न सिपमुलक तालिम तथा जनचेतनामुलक कार्यक्रमहरू गर्दै आएकाे छ ।

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार  ९ : ४८ बजे