१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजका दुई जना एजेन्टले क्यानाडा पठाईदिने भनेर १ कराेड ५० लाख रूपैयाँ लिएर फरार


२९ पुस २०७५, आइतबार  

0
Shares

20190113_083137
माेरङ्ग सुनवर्षि नगरपालिकाका पिडित युवाहरू

गाैरीगंज २९, पुस / क्यानाडा देश पठाईदिने भनेर गाैरीगंजका दुई जना एजेन्टले १ कराेड ५० लाख रूपैयाँ ठगी गरि फरार भएका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं ४ भवानीपुर बस्ने गणेश प्रसाद गिरी र दिपेन्द्र कुमार झाले झापा र माेरङ्गका ३० जना युवासंग
पैसा ठगेर वेपत्ता भएका हुन् ।
माेरङ्ग सुनबर्षी नगरपालिकाका १४ जना पिडित युवाहरूले गिरी र झाकाे सम्पति र जग्गाजमिनबाट पैसा असुल गरि दिन विराटनगर स्थित श्रम तथा राेजगार कार्यालयलगायतका कार्यालयमा उजुरी दिएका छन् ।
उनीहरूसंगै बांकेका निरञ्जन पुरीले अन्य एजेन्टहरूकाे मिलेमताेमा माेरङ्गका हंंसराज राजवंशी, दयानन्द सहनी, पञ्चम राजवंशी, प्रेम चन्द्र राजवंशी, अजयदेवगन राजवंशी, नगेन्द्र राजवंशी, कंश राजवंशी, सुवासकुमार मण्डललगायतसंग जनहि ५ लाख रूपैयाँ आई.एम.ई. मार्फत रकम लिएर उनीहरूलाई विचल्ली बनाएकाे छ ।
‘क्यानाडा पठाई दिने भनेर गाैरीगंजका गणेश प्रसाद गिरीले मसंग पटक पटक गरि ५ लाख लिए। छिट्टै भिसा आउछ, तयार हुनुहाेस भन्दै झुक्काए’- पिडित पञ्चम राजवंशीले भने । अरू साथीहरूलाई पनि भन्नू काेेेही क्यानाडा देश जाने भए यस्ताे माैका आउदैन भनेर गणेशले मलाई सुनाए पछि अन्य साथी पनि फसेकाे पिडित राजवंशीले दुखेसाे पाेखे ।
फ्रि भिसा, फ्रि टिकट भनेर प्रलाेभन देखाई विपन्न गरिव परिवारका ती युवाहरूसंग रकम ठगी गरि फरार भएकाे श्रम तथा राेजगार कार्यलय विराटनगरका वरिष्ठ अधिकृत प्रेम प्रसाद सञ्जेल बताए । पिडीतहरूकाे उजुरी आएकाे त्यसका लागि फरार भएकाहरूकाे नाममा भएकाे जग्गा सम्पतिबाट रकम असुल गर्न सम्बन्धित जिल्लाका मालपाेत कार्यालयमा जग्गा राेक्का गर्न पत्र तयार गर्न लागिएकाे अधिकृत सञ्जेललेे जानकारी दिए । फरार भएका गिरी र झालाई कार्वाही गर्न ईलाका प्रहरी कार्यालय गाैरीगंजमा उजुरी दिए पनि उजुरी लिन नमानेपछि विराटनगर स्थित श्रम तथा राेजगार कार्यालयमा दिएकाे पिडितहरूले आराेप सुनाए ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  ४ : ५२ बजे