१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश सभा सदस्य झलक सिंह दर्लामीकाे क्षेत्रमा २ कराेड बजेट विनियाेजन


४ माघ २०७५, शुक्रबार  

0
Shares

20190118_212001
गाैरीगंज ४, माघ / झापा क्षेत्र नं ४ (१) प्रदेश सभा निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि विभिन्न शिर्षकमा २ कराेड रूपैयाँ वजेट विनियोजन गरिएकाे छ ।
प्रदेश सभा सदस्य झलक सिंह दर्लामीले आफ्नो निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि बाटाे, कल्भर्ट, ढल, तदबन्धन,भवन, पुल निर्माणका लागि उत्त बजेट विनियाेजन गरेका हुन् ।
शिवसताक्षी नपा १ स्थित लेलिया खाेलामा पुल निर्माण १० लाख रूपैया, शिवसताक्षी नपा २ मा स्थित मंगलवारे कृषि उपज बजारमा ढल निर्माणमा २० लाख रूपैयाँ, गाैरीगंज गाउँपालिका वार्ड नं १ स्थित कुन्जिवारी बजार दक्षिण भन्सार हुँदै दशगजासम्म सडक निर्माणमा १५ लाख रूपैयाँ, गाैरीगंज गाउँपालिका वार्ड नं २ स्थित सत्यनारायण राजवंशीकाे घर देखि डेमरू राजवंशीकाे घरसम्मकाे सडक निर्माण १० लाख रूपैयाँ, गाैरादह नगरपालिका वार्ड नं ९ काे अमर माविकाे खेल मैदान मर्मत तथा कम्पाउण्ड घेरावेरा निर्माणमा ८ लाख रूपैयाँलगायतका १७ वटा शिर्षकमा बजेट विनियाेजन गरिएकाे हाे ।

हेर्नुहाेस् निम्नानुसार वजेट विनियोजन गरिएकाे छ ।

20190118_212130

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ३ : ३८ बजे