झापा १८, मङ्सिर / एक व्याक्तिसँग रकम लिने प्रहरी सहायक निरीक्षक (असई) उत्तमकुमार कार्की निलम्बनमा परेका छन् । ८ हजार रुपैयाँ धरौटीमा रिहा भएका मेचीनगर १३ का यादव भट्टराईसँग १५ हजार रकम लिएका प्रहरी चौकी चारआली झापामा असई कार्की निलम्बनमा परेका हुन् । कार्कीलाई सोमबार नै निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।…