१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भाक्का दिवस भव्यताका साथ मनाईयो


२९ पुस २०७५, आइतबार  

0
Shares

20190113_162438

बिर्तामोड २९, पुस / प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाक्का दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई ९ को सहआयोजनामा काेच समुदायको विषेश परिकार भाक्का दिवस मनाइएको हो । कार्यक्रममा सहभागिहरुलाई निशुल्क भाक्का खुवाइएको थियो । काेच समुदायले खाने बिषेश परिकार भाक्काको संरक्षण तथा व्यवसायीकरणका लागी आयोजना गरिएको कार्यक्रममा ५ सय बढिको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोख्रेलले हामीले सधै खाने खाजा फास्टफुडहरु खानु भन्दा पनि भाक्का स्वास्थ्यका लागी पनि फलदायी रहेकोले यसलाई सबैले खाजाका रुपमा लिन सकिने बताउनु भयो । कार्यक्रममा सहभागि सबैले स्टलहरुमा बनाउदै गरेको भाक्काको स्वाद लिएका थिए ।
कोचिला गाभुर फ्रन्टका उपाध्यक्ष मोहन राजवंशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा कन्काई नगरपालिकाका मेयर ध्रुव सिवाकोटी, बिषेश अतिथिमा उपमेयर मञ्जु प्रसाई, कन्काई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रेम राजवंशी, कोच केन्द्रका उपाध्यक्ष धर्म राजवंशी, राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी, केजिएफका संल्लाहकार संयोजक पर्शुराम राजवंशी, शिक्षक फ्रन्टका अध्यक्ष कुबेर राजवंशी, झापा मिडिया हाउसका सिईओ योगेस राजवंशी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले गर्नुभएको थियो ।
काेच समुदायले खाजाका रुपमा खादै आएको भाक्का अहिले सबैका लागी स्वादिष्ट खाजाका रुपमा परिणनत हुदै गएको छ । चामलको पिठोद्धारा बनाईने भाक्काले व्यबसायिक रुप लिएको छ । स्वास्थ्यका लागी अत्यन्त राम्रो मानिने भाका झापा लगायत अन्य जिल्लाका प्रत्येक गाँउ सहरमा अहिले पाईन थालेको छ ।
हालै मात्र व्यवसायिकरूपमा राजधानी काठमाडौंमा भाक्का हाउस सञ्चालन गरिएकाे छ ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  १० : ४४ बजे