२७ भदौ २०८३, शनिबार | Sun Sep 13 2026

छिमेकी भारतमा पहिलो पटक आदिवासी समुदायकी महिला राष्ट्रपति

एजेन्सी / छिमेकी भारतमा पहिलो पटक आदिवासी समुदायकी महिला राष्ट्रपति बनेकी छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ सकिएको मतगणनामा सत्तारूढ गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु भारतको १५ औं राष्ट्रपतिमा विजयी भएकी छन्। उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई हराएकी हुन्। मुर्मु  राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनलाई बधाइ दिएका छन्। देउवाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- भारतको…