१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज -३ मा रासविसकाे पहिलाे अधिवेशन सम्पन्न, अध्यक्षमा भिम राजवंशी




गाैरीगंज ७, असार / राजवंशी समाज विकास समिति गाैरीगंज गाउँपालिका वार्ड नं.३ काे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा भिम राजवंशी राजवंशी सर्वसम्मत चयन भएका छन् ।
उहाँसंगै पहिलाे अधिवेशनबाट उपाध्यक्षमा कृष्ण प्रसाद राजवंशी र बसन्तीरानी राजवंशी चयन भएका छन् ।
राजवंशी समाज विकास समिति झापाका अध्यक्ष दिनेश राजवंशीकाे प्रमुख आतिथ्यतामा आज शनिवार गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ३ काे दन्तकाली मन्दिरकाे सभाहलमा साेमवार सम्पन्न भएकाे हाे ।

सचिवमा त्रिलाेकी राजवंशी, सहसचिवमा सरस्वती राजवंशी, काेषाध्यक्षमा सविता राजवंशी, सदस्यहरूमा रण वहादुर राजवंशी, गाैतम राजवंशी , वैजनाथ राजवंशी, नन्द राजवंशी, भाेला राजवंशी कविता राजवंशी, हंसा राजवंशी, शाेभा राजवंशी, पुर्णिमा राजवंशीसहित १५ सदस्यीय समिति गठन भएकाे हाे ।

कार्यक्रममा राजवंशी समाज विकास समिति झापाका अध्यक्ष दिनेश राजवंशी, केन्द्रीय सल्लाहाकार देवि प्रसाद राजवंशी, युवा समाजसेवी गाेपाल प्रसाद राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तदर्थ समितिका अध्यक्ष गंगा प्रसाद राजवंशीकाे अध्यक्षतामा पहिलाे अधिवेशन भएकाे थियाे ।
अाजै राजवंशी समाज विकास समिति गाैरीगंज वार्ड नं. ३ का अध्यक्ष भिम राजवंशी राजवंशीकाे अध्यक्षतामा बसेकाे वैठकले गाउँपालिका अधिवेशनका लागि २ जना महिला सहित ५ जना अधिवेशन प्रतिनिधि चयन गरेकाे छ । गापा अधिवेशन प्रतिनिधिमा देवी प्रसाद राजवंशी, गाेपाल राजवंशी, प्रमाेद राजवंशी, जसना राजवंशी रेखा राजवंशी रहेका छन् । त्यसैगरी समितिले वडा समितिमा २ जनालाई सदस्य पदमा मनाेनित गरेकाे छ । मनाेनित हुनेहरूमा निलम राजवंशी र अजय राजवंशी रहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : २९ बजे