१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पुर्व क्षेत्रमा नाम कमाएकाे सेन्टजाेसेफ कलेजकाे गाैरीगंजमा शैक्षिक सेमिनार, प्रदेश नं १ मा प्रथम




गाैरीगंज ११, असार / बिराटनगर स्थित सेन्ट जोसेफ कलेजले गौरीगंजमा शैक्षिक सेमिनार आयोजना गर्ने गरेकाे छ । कलेजले आज शनिबार गौरीगंज गाउँपालिका वार्ड नं.६ खजुरगाछी स्थित शिवालय मन्दिरको सभाहलमा शैक्षिक सेमिनार आयोजना गरेकाे थियाे । गाउँपालिका अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे पहिलाे चरणमा सहभागी वत्ताहरूले विद्यार्थीलाई कलेजकाे विभिन्न शैक्षिक पक्षकाे बारेमा सुनाएका थिए ।
शिक्षा क्षेत्रमा पुर्वकाे अग्रणी भुमिकामा रहेर याेगदान पुर्याउदै आएकाे कलेजले गुणस्तरीय शिक्षामा नाम कमाएकाे कलेज हाे । कलेजले विद्यार्थीलाई सहुलियतमा शिक्षा हासिल गरून् भन्ने उदेश्यले छात्रवृतिकाे व्यवस्था गरेकाे कलेजका एच ओ डि मनाेज राजवंशीले बताए ।
यो बर्ष एसईई परीक्षा दिएर रिजल्टको पर्खाइमा रहेका विद्यार्थीलाई सहभागि हुन कलेजले अनुरोध समेत गरेको थियाे । सो कलेजमा साईन्स, म्यानेजमेन्ट, कम्प्युटर र होटल म्यानेजमेन्ट लगायतका बिषयहरुको अध्यापन अध्यापन हुदै आएको छ । कलेजले वि.स. २०७६ र २०७८ मा कक्षा १२ हाेटल म्यानेजमेन्टमा प्रदेश नं. १ भरी नै प्रथम भएकाे कलेजका विभागिय प्रमुख राजवंशीले जानकारी दिएका थिए । गाैरीगंज गाउँपालिकाका करिब ५० भन्दा बढीकाे सहभागीता रहेकाे उत्त सेमिनार कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहित एवं सकारात्मक प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी, प्राेफेसर डा. अार.के. दास, डाईरेक्टर राेहितजंग थपलिया, युनिभर्सल एकाडमीका संस्थापक प्रिन्सिपल एवं डाईरेक्टर कमलेश्वर राजवंशी, ज्ञानकुञ्ज एकाडमीका प्रिन्सिपल उमेश मल्लीकलगायतले आ-आफ्नाे धारणा व्यक्त गरेका थिए । कार्यक्रममा मायाकाे चिनाेसहित प्रमुख अतिथि, अतिथिलाई स्वागत गरिएकाे कार्यक्रमकाे सञ्चालन कलेजका विभागिय प्रमुख मनाेज राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : ४४ बजे