१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह नगरपालिका वार्ड नं. ५ का बाढीपीडितलाई कांग्रेस पार्टीद्वारा आपतकालिन राहत



दमक/ झापाको गौरादह नगरपालिका वडा नं ५ का बाढी प्रभावित ५० परिवारलाई नेपाली कांग्रेसले आपतकालिन खाद्यन्न राहत प्रदान गरेको छ ।
कांग्रेस झापा क्षेत्र नं ५ (क) को आयोजनामा पार्टीका नेता, कार्यकर्ताहरुबाट स्वैच्छिक रुपमा संकलन भएको रकमबाट प्रति परिवार एक/एक बोरा चामल, दाल, नुन, तेल लगायतका अत्यावश्यक खाद्यन्न राहत प्रदान गरिएको पार्टी सभापति जीवनकुमार राईले जानकारी दिए ।

बिहिबार बाढी प्रभावित क्षेत्रको प्रतिनिभि सभा सदस्य समेत रहेकी कांग्रेस नेतृ महेन्द्रकुमारी लिम्बुसहितको टोलीले स्थलगत निरिक्षण गरेर फर्किएपछि स्वैच्छिक रुपमा नेता कार्यकर्ताहरुबाट सो राहत संकलन गरिएको थियो । सांसद लिम्बु, पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि डा. पाण्डव अधिकारी, हेमन्त कार्की सहित नेताहरुको उपस्थितीमा प्रभावित बस्तीमानै पुगेर सो राहत सामग्री वितरण गरिएको सभापति राईले बताए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १० : ३६ बजे