गौरीगंज १८, भदौ/ गौरीगंज गाउपालिकाको दक्षिणी खुल्ला सिमा क्षेत्र फत्तेपुर, अल्ताबारी र देवीगंजबाट अवैध रुपमा लागुऔषध भित्रिरहेको भन्देै नेपाल विद्यार्थी संघ गौरीगंज गाउँ समितिले वुधवार ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ गौरीगंजले गौरीगंज लगायत झापाको विभिन्न स्थानबाट पछिल्लो समय गोप्य रुपमा नसालु पदार्थ विक्री वितरण हुदै आएको जनाउदै गौरीगंज गाउपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा,…