१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एनआईसी एसिया बैंक गाैरीगंज शाखामा एटिएम सेवा लिने सेवाग्राही बढ्दाे


१२ भाद्र २०७६, बिहिबार  

0
Shares

20190829_135033
गाैरीगंज १२, भदाै / गाैरीगंज स्थित एनआईसी एसिया बैंकले एटिएम मेसिन राखेपछि एटिएम प्रयाेग गर्ने सेवाग्राहीकाे संख्या ह्वातै बढेकाे छ । बैंकले यही भदाै ८ गते औपचारिकरूपमा एटिएम मेसिनकाे उद्घाटन गरि छिटाे छरिताे सेवा प्रदान गर्न एटिएम सेवा दिन थाले पछि सेवाग्राही ह्वात्तै बढेकाे हाे । दैनिक ४० देखि ७० जनासम्म एटीएम सेवाग्राही आउनेे गरेका छन् ।
एटिएम मेसिनकाे उद्घाटन गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले गरेका थिए । २१३ औ शाखाकाेे रूपमा स्थापना भएकाे एनआईसी बैंक गाैरीगंज शाखाकाे स्थापना २०७५ साल असार २४ गते भएकाे बैंकका शाखा प्रबन्धक मीनराज रेग्मीले बताए । गाैरीगंज एनआईसी एसिया बैंकबाट ७ सय भन्दा बढी सेवाग्राहीले एटीएम कार्ड लिएकाेे जनाईएकाे छ । हालसम्म बैंककाे गाैरीगंज क्षेत्रमा ३ हजार भन्दा बढी ग्राहक संख्या रहेकाे र बैंकले व्यत्तिगत, व्यवसायिक र कृषि लाेक दिदै आएकाे जनाएकाे छ । बैंकका प्रबन्धक रेग्मीका अनुसार हालसम्म २ सय ९७ शाखा, ३ सय ३८ एटिएम, ५७ एक्सटेन्सन काउन्टर, ४१ वटा ब्रान्चलेस बैंकिङ्ग सेवा रहेकाे छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहिबार  ८ : २३ बजे