१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लागुऔषध ओसारपसार नियन्त्रण गर्न नेविसंघ गाैरीगंजकाे माग


१८ भाद्र २०७६, बुधबार  

0
Shares

20190904_180010

गौरीगंज १८, भदौ/ गौरीगंज गाउपालिकाको दक्षिणी खुल्ला सिमा क्षेत्र फत्तेपुर, अल्ताबारी र देवीगंजबाट अवैध रुपमा लागुऔषध भित्रिरहेको भन्देै नेपाल विद्यार्थी संघ गौरीगंज गाउँ समितिले वुधवार ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल विद्यार्थी संघ गौरीगंजले गौरीगंज लगायत झापाको विभिन्न स्थानबाट पछिल्लो समय गोप्य रुपमा नसालु पदार्थ विक्री वितरण हुदै आएको जनाउदै गौरीगंज गाउपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख राजु दाहाल, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराई, सशस्त्र प्रहरी बल गौरीगंजका प्रहरी निरीक्षक साइमन श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्ला भित्र छरिएर रहेका युवा युवती देशका कर्णधार भएको उल्लेख गर्दै उनीहरुको शारीरिक तथा मानसिक क्षमतामा ह्रास हुने हुदा उक्त कार्यलाई नियन्त्रणका लागि ध्यानाकर्षण पत्र बुझाएको नेपाल विद्यार्थी संघ झापाका जिल्ला सदस्य देव कुमार ताजपूरियाले बताए ।
नेपाल विद्यार्थी संघ झापाका जिल्ला सदस्य देव कुमार ताजपूरिया, गौरीगंज बहुमुखी क्याम्पस ईकाइ सभापति कृष्ण दास बाबाजी, सचिव स्तप हुसेनको संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपाल विद्यार्थी संघले विद्यार्थीको हकहित, अधिकार, शैक्षिक र सामाजिक परिवर्तनको लागी अनवरत संर्घष र क्रान्ति गर्दै आएको अवगत गराउदै स्थानीय सरकार र प्रशासनले यस्ता कार्यहरुमा निगरानी तथा नियन्त्रण गर्न विशेष कदम चाल्न माग गरिएको छ । झापा जिल्ला प्रहरी प्रमुख समक्ष २०७६ साल भदौ १२ गते ध्यानाकर्षण पत्र बुझाइ सकिएको जानकारी गराउदै संघले यस क्षेत्रमा पनि युवायुवतीहरुलाई लागु औषध दुव्र्यर्सनीबाट बचाउन ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १२ : १५ बजे