१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज बिहान गौरीगंजको तापक्रम ३१ डिग्री पुगेको र आज ३८ डिग्री पुग्ने अनुमान


३१ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

 

     mausam

गाैरीगंज  ३१ , जेठ  / गाैरीगंजमा गर्मी चरमोत्कर्षमा पुगेको छ।  गाैरीगंजमा केहि दिन यता तापक्रम ३७ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ।

गाैरीगंजमा बिहिबार तापक्रम ३७.८ डिग्री पुगेको मौसम विभागले जनाएको छ ।

तापक्रम बढेपछि गौरीगंज बजार तथा सडक प्राय शान्त रहेको छ । गर्मीको मार सबैभन्दा बढी सडक निर्माणमा खटिएका मजदुरलाई परेको छ । सडकका व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छन्।

आज बिहान गौरीगंजको तापक्रम ३१ डिग्री पुगेको र आज ३८ डिग्री पुग्ने अनुमान रहेको बिभिन्न मौसम अनुमान गर्ने वेबसाइटले जनाएका छन् ।

गौरीगंजमा  मात्रै नभएर विराटनगर , पुर्वका इटहरी , बेलबारी , दमकमा पनि प्रचण्ड गर्मी भएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ६ : १६ बजे