गाैरीगंज ३१ , जेठ / गाैरीगंजमा गर्मी चरमोत्कर्षमा पुगेको छ। गाैरीगंजमा केहि दिन यता तापक्रम ३७ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ।
गाैरीगंजमा बिहिबार तापक्रम ३७.८ डिग्री पुगेको मौसम विभागले जनाएको छ ।
तापक्रम बढेपछि गौरीगंज बजार तथा सडक प्राय शान्त रहेको छ । गर्मीको मार सबैभन्दा बढी सडक निर्माणमा खटिएका मजदुरलाई परेको छ । सडकका व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छन्।
आज बिहान गौरीगंजको तापक्रम ३१ डिग्री पुगेको र आज ३८ डिग्री पुग्ने अनुमान रहेको बिभिन्न मौसम अनुमान गर्ने वेबसाइटले जनाएका छन् ।
गौरीगंजमा मात्रै नभएर विराटनगर , पुर्वका इटहरी , बेलबारी , दमकमा पनि प्रचण्ड गर्मी भएको छ ।