गौरीगंज / झापा कुमरखोदकी बेलसरी राजवंशी पहिले पहिले भक्का बनाउने पिठो कुटाउन राती भालेको डाकसंगै उठ्थिन् । दुई–तीन घन्टासम्म परिवारका अरु सदस्यले पनि पिठो कुट्न ढिकी चलाइदिन्थे । उनी नाङ्लोमा पिठो फड्कार्थिन् । ढिकी कुटेको ढक......ढक ... को आवाज वरपरसम्म सुनिन्थ्यो । उज्यालो हुदाँ नहुदाँ झापा बजारमा चियासँगै खाने लोकप्रिय खाजा भक्का पकाएर बेच्न…