१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा नयाँ सहर विकासका लागि गोष्ठि


२६ श्रावण २०७५, शनिबार  

0
Shares

20180811_085435
गौरीगंज २६ शनिवार / गौरीगंजलाई नयाँ सहरको रुपमा विकास गर्न दीर्घकालीन सोच सम्बन्धि आज एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गौरीगंज गाउँपालिकाको सभा हलमा उक्त गोष्ठिको आरम्भ गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए । गोष्ठिमा सहरको श्रेत्रिय स्तरमा भूमिका पहिचान गर्ने तथा सो क्षेत्रको सम्भाव्यता, अवसर तथा चुनौतीहरुको विश्लेषण गरी दीर्घकालीन सोचको विकास गर्ने रहेको थियो । गोष्टिका अधिकांस सहभागिहरुले गौरीगंज सहरको विकास गर्नुपर्दा पहिलो व्यवसायिक कृषिको विकास, दोस्रोमा सांस्कृतिक पर्यटन तथा तेस्रोमा उद्योग धन्दाहरुको विकास गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण आयोजनाका योगेश पुर्ण श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार  १० : १६ बजे