१३ माघ २०८१, आइतबार | Sun Jan 26 2025

एक वर्ष पछि वडा कार्यालय स्थापना


३ श्रावण २०७५, बिहिबार  

0
Shares

ward 1p
गौरीगंज ३, साउन / गौरीगंज गाउ“पालिका वार्ड नं. ५ को आज वडा कार्यालय उद्घाटन भएको छ । गाउ“पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले सो कार्यालयको उद्घाटन गर्नुभएको हो । यस अघि वडा नं. ६ को भवनमा कार्यालय संचालन भइरहेको थियो । हुलाकी राजमार्गको छेउ गौरीगंज गाउ“पालिका अन्तर्गत चिल्हारामा कार्यालय सञ्चालन भएपछि त्यहा“का वडाबासी खुशी भएका छन् । वडा कार्यालय सम्बन्धित वडा मै स्थापना हुनु पर्ने नेपाल सरकारको नीति भए पनि करिब एक वर्ष पछि गौरीगंज गाउ“पालिकाको वडा नं. ५ सम्बन्धित वडामा ३ वटा कोठा भाडामा कार्यालय स्थापना भएको हो । ५ हजार भन्दा बढी जनसंख्या भएको वडा नं. ५ मा कार्यालय स्थापना भएपछि वडावासीले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराईको सिफारिस, जग्गाको चार किल्ला सिफारिस, नागरिकता सिफारिस, घर धुरी कर, घर बाटो सिफारिस, मालपोत दस्तुर, सम्पती मुल्याङ्नको अंग्रेजी पत्रलगायतका सेवाहरु पाउने छन् । वडा नं. ५ का अध्यक्ष विजय सिंह गन्गाईको अध्यक्षतामा भएको उद्घाटन कार्याक्रममा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्यालयमा वडा सचिवको व्यवस्था र कार्यालयको भौतिक सामाग्री छिट्टै उपलब्ध गराउने गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो । वडा नं. ५ मा राजवंशी, ताजपुरिया, गन्गाई, ऋषिदेव समुदायका मानिसहरुको बाहुल्यता रहेको छ । ६ वटा वडा भएको गौरीगंज गाउ“पालिकामा वडा नं. ३ र वडा नं. ४ यस अघि नै सम्बन्धित वडा मै स्थानान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहिबार  १२ : ३४ बजे