३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

गौरीगँजमा पनि पत्रकारहरुको ज्ञापन-पत्र


७ असार २०७५, बिहिबार  

0
Shares

gyapan patra2

गौरीगँज ७, असार / नेपाल पत्रकार महासँघ प्रदेश नँ १ को तर्फबाट सबै स्थानीय तहहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत आज झापाको गौरीगँज गाउँपालिकामा ज्ञापन पत्र बुझाईएको छ । नेपाल पत्रकार महासँघ झापाका पूर्व जिल्ला सदस्य तथा पत्रकार आत्माराम राजवँशीको अगुवाईमा गौरीगँजमा गापा प्रमुख बाबुराजा श्रेष्ठलाई चार बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो । सँचारकर्मीहरु झगेन्द्र खड्का र मदन राजवँशीलगायतको उपस्थिति थियो ।
स्थानिय तहको कानुन मिडियामैत्री हुनु पर्ने, स्थानीय तहको सुचना तथा बिज्ञापनमा स्थानिय सँचार माध्यमहरुलाई समानुपातिक पहुच, सुचनामा पत्रकारहरुको सहज पहुच र स्थानीय सँचार माध्यम हरुको प्रबर्द्धन तथा सँचारकर्मीहरुको क्षमता अभिबृद्धीका लागि आबश्यक बजेट बिनियोजन लगायतका माग सहितको ज्ञापन पत्र बुझ्दै गापा प्रमुख श्रेष्ठले सँचारकर्मीहरुको माग प्रति आफु सकारात्मक रहेको कुरा बताएका थिए ।

प्रकाशित मिति : ७ असार २०७५, बिहिबार  २ : ४१ बजे