१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज प्रशासनलाई ६ जना मनकारीले दिए निःशुल्कमा जग्गा


८ श्रावण २०७५, मंगलबार  

0
Shares

Ilaka photo1
गौरीगंज ८, साउन / इलाका प्रशासन कार्यालय गौरीगंजलाई ६ जना जग्गादाताहरुले निःशुल्क जग्गा प्रदान गरेका छन् । इलाका प्रशासन कार्यालय गौरीगंजमा मंगलवार आयोजित एक समारोहमा जग्गादाता मखना महतो, पुर्णमल अग्रवाल, अशोक कुमार अग्रवाल, सानुराजा श्रेष्ठ, केशव कुमार अग्रवाल, महेश कार्कीले संयुक्त्तरुपमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई जग्गाको लालपुर्जा प्रदान गरेका हुन् । गौरीगंज गाउ“पालिका वार्ड नं. ३ गौरीगंज पाडाजुङ्गी सडक छुने कि.नं. २०४५ को ८४६.५८ वर्ग मिटर ( २ कठ्ठा १० धुर) जग्गा प्रदान गरेका हुन् । उत्त जग्गा हालको चलन चल्तीको भाउ अनुसार ५० लाख रुपैया“ पर्न जान्छ ।
गौरीगंज प्रशासन कार्यालयका लागि जग्गाको स्वामित्व हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पुर्व सांसद दिपक कार्कीले झापा जिल्लाभरि एउटै संसदीय क्षेत्रमा दुई वटा दमक र गौरीगंजमा इलाका प्रशासन कार्यालय हुनु यस ठाउ“को लागि विकासको ढोका खोलेको बताए । कार्यक्रममा उनले सीमा सुरक्षा तथा अवैधानिक निकाशी पैठारीलाई नियन्त्रण गर्न गौरीगंजमा छिट्टै बोर्डर आउट पोस्ट स्थापना हुने र त्यसका लागि कोरोवारी आसपास क्षेत्रमा जग्गाको व्यवस्थापन कार्य शुरु भइसकेको बताए । पुर्व सांसद कार्कीले संचारको युगमा अहिले पनि गौरीगंजको फत्तेपुर, देवीगंज र कदमगछी क्षेत्रमा नेटवर्कको समस्याले फोन नलाग्ने भएको हुदा“ उत्त स्थानमा दुरसंचार कार्यालयसंग टावर स्थापना गर्न पहल भईरहेको जानकारी दिए । पुर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत रतुवा, रामचन्द्रे, कृष्णे खोला, बनियानी, विरिङ्ग खोलाको पुल समयमै निर्माण हुने विश्वास उनले दिलाए । सरकारको कडा कानुन भएको कारण समय भित्रै पुल निर्माण नगरे ठेक्का कम्पनीहरुको दर्ता खारेज हुने सहमति भएको कारण सांसद कार्कीले ती पुल सबै समयमै निर्माण हुने आफु विश्वस्त रहेको बताए । रतुवा खोलाको पुल दुई वर्ष अघि निर्माण कार्य सम्पन्न भएपनि पछिल्लो समयमा भौतिक मन्त्रालयले १ सय २५ मिटर अझ थप गर्नुपर्ने भने पछि ढिलो भएको उनले बताए । कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गौरीगंजमा इलाका प्रशासन कार्यालय स्थापना हुनुले यहा“का जनताहरुलाई ठुलो राहत मिलेको बताए । उनले कार्यालयको भवन निर्माणका लागि निः शुल्क जग्गा प्रदान हुनु सुखदपक्ष भएको बताउदै अब गौरीगंजमा नापी कार्यालय र मालपोत कार्यालय पनि छिट्टै स्थापना हुने बताए । गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको गाउ“पालिका उपाध्यक्ष दिपिन्द्र थापा, कार्यक्रममा नेकपाका मदन अधिकारी, राप्रपाका अमर बहादुर विष्ट, गौरीगंज क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी, पुर्व क्याम्पस प्रमुख केदार रिमाल, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका प्रहरी निरीक्षक शशी भारती, जग्गादातालगायतको उपस्थिति थियो । कार्यक्रमको स्वागत तथा संचालन इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख यज्ञप्रसाद आचार्यले गरेका थिए ।
ilaka photo2 - Copy

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलबार  १० : ०३ बजे