१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाँउपालिकाको वजेट भोली सार्वजनिक हुदै


१९ श्रावण २०७५, शनिबार  

0
Shares

gaupalika   photo

गौरीगंज १९, साउन/ गौरीगंज गाँउपालिकाले भोली बजेट सार्वजनिक गर्दैछ । ०७५ /७६ को लागि लगभग ४५ करोडको हाराहारीमा बजेट सार्वजनिक हुने गाउ“पालिका स्रोतले बतायो । गाँउपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको २ महिनापछि बजेट सार्वजनिक हुन लागेको हो । भोली गाउ“पालिकाको बजेट सार्वजनिक गर्ने अन्तिम समय कानुनमा उल्लेख छ । गाउ“पालिका गाउ“सभाको ३ पटक र गाउ“पालिकाको बोर्ड वैठकको पटक पटक छलफल पछि भोली सार्वजनिक हुन लागेको हो । गाउ“पालिकाले नीति तथा कार्यक्रम जेठ १३ गते सार्वजनिक गरेको थियो ।
‘कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारमा उन्नति, पूर्वाधार विकाससहित गौरीगंजको समुन्नति’ नारा तय गरेको गाउ“पालिकाले स्थानिय आवश्यकता तथा प्राथमिकताका आधारमा सन्तुलित वितरणलाई मध्यनजर राखी आयोजना तथा कार्यक्रम छनौट गर्दैछ । गाउ“पालिकाले कृषि, पशु, पर्यटन, उद्योगधन्दा, सहकारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति, खेलकुद तथा मनोरञ्जन, सडक तथा पुल, भवन तथा शहरी विकास, उर्जा तथा विद्युत, वन वातावरण तथा विपद व्यवस्थापन , सुसासन तथा संस्थागत विकास र राजस्व आफ्नो नीति तथा कार्यक्रममा राखेको छ । गाउ“पालिकाकाले आर्थिक वर्ष ०७४÷७५ को लागि ५५ करोड १८ लाख ४१ हजार १ सय १३ रुपैया“ बजेट सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार  १० : २३ बजे