५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

स्वास्थ्यकर्मीको सरुवामा व्यापक चलखेल, एकै व्यक्तिलाई तीन ठाउँसम्म सरुवा

काठमाडौं २१, असाेज / गत साउनमा स्वास्थ्य सेवा विभागले गरेको एकहजार ७०० स्वास्थ्यकर्मीको सरुवामा व्यापक त्रुटि भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानविन समितिले विभागले गरेको सरुवामा त्रुटि भएको निष्कर्ष निकालेको छ । विभागले साउन १७ गते गरेको सरुवामा विवाद भएपछि स्वास्थ्य मन्त्रालयले महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।…