१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश सभाको तेश्रो अधिबेशन आजदेखि शुरु हुँदै, प्रदेशको नाम र राजधानीले प्रवेश पाउला !


२० माघ २०७५, आइतबार  

0
Shares

20190203_084526

विराटनगर २०, माघ /
प्रदेश १ को तेश्रो अधिबेशन आजदेखि शुरु हुँदैछ । गत असोजमा दोश्रो अधिबेशन सकिएसँगै स्थगित भएको संसद आज देखि सुचारु हुन लागेको हो । संसदमा केही बिधेयक दर्ता भएको छन् भने समितिमा केही बिधेयक नयाँ आएको संसद सचिवालयले जनाएको छ। यही अधिबेशनबाट प्रदेशको नाम र राजधानीको बिषयले समेत प्रवेश गराउने तयारीमा प्रदेश सरकार देखिएको छ ।

आजदेखि शुरु हुने अधिबेशनबाट केही बिधेयक संशोधन तथा केही बिधेयक नयाँ गरी अहिलेसम्म ६ वटा बिधेयक पारित गराउने तयारी छ । साभामुख प्रदिप भण्डारीका अनुसार, खेलकुद बिधेयक समितिमा जाने तयारीमा रहेको छ । संशोधनका अरु ४ बिधेयक पनि रहेको छन् भनेप्रदेश सभामा सहकारी, बिद्युत, शुसाशन र भवन बिधेयक दर्ता भएका बिधेयक हुन् । ति बाहेक अरु ६ वटा बिधेयक न्युनतम रुपमा सरकारलाई आवश्यक बिधेयक सहित अगाडि जाने तयारीमा प्रदेशसभा लागेको सभामुख भण्डारीले बताए ।
लोकसेवा, प्रहरी र शिक्षा नीति सहितका केही कानुन संघीय सरकारले बनाउने कानुन पर्खिएर बसेको उनको भनाई छ । आईतवार देखि शुरु हुने प्रदेशको तेश्रो अधिबेशनबाट प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउने तयारीमा प्रदेश रहेको छ । मुख्यमन्त्री शेरधन राईले चैत भित्रमा प्रदेशको नाम र राजधानीले पुर्णता पाउने यस अघि नै बिभिन्न कार्यक्रममा सार्बजनिक गर्दै आएका छन् ।

पहिलो अधिबेशनमा बाट प्रदेश १ को संसदले ११ विधेक पारित गरेको थियो । संसदको दुबै अधिवेशनबाट प्रदेश सभा संचालन नियमावली सहित कुल २४ वटा विधेयक पारित भएका छन्। बर्खे अधिवेशन कुल एकसय ३० दिन चलेको थियो जसमा ५२ बैठक ५८ पटक बसे। बैठक कुल ६० घण्टा १५ मिनेट चलेको थियो ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ३ : ०२ बजे