१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राप्रपाकाे हिन्दु राष्ट्र पुनर्स्थापना गाैरीगंजमा


१६ माघ २०७५, बुधबार  

0
Shares

20190130_133849

गाैरीगंज १६, माघ/ राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरीगंजले एक कार्यक्रमकाे आयाेजना गरि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि एकजुट हुन आव्हान गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित काेटेश्वर शिवालय मन्दिरकाे सभाहलमा आयाेजित कार्यक्रममा प्रमुख अतिथि तथा राप्रपा प्रदेश नं १ का संयाेजक राम थापाले ०६२/ ०६३ काे जनआन्दोलनपछि सरकारले एकलाैटीरूपमा धर्म निरपेक्ष घाेषणा गरेकाेप्रति आपति जनाउदै नेेेपाललाई हिन्दु राष्ट्र घाेषणा गर्न माग गरे ।
९४ प्रतिशत भन्दा बढी ॐकार परिवार बसाेबास गरेकाे नेपाललाई धर्मनिरपेक्ष घाेषणा गरेर हिन्दु धर्मलाई समाप्त पार्न षडयन्त्र गरेकाे संयाेजक थापाले आराेप लगाए । संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र जनजिविकाकाे सवालमा राप्रपा अडिक रहेकाे भन्दै संयाेजक थापाले हिन्दुत्वकाे राष्ट्रिय पहिचानका लागि सबै लागिपर्नु पर्ने जाेड दिए । माघ १६ गते झापाकाे विर्तामोडमा पार्टीले आयाेजना गरेकाे राष्ट्रिय अभियानमा सहभागीहुन पार्टी कार्यकर्तालाई आग्रह गर्दै नेता थापाले समान हक, अधिकार र अवसरकालागि राप्रपा लडिरहेकाे बताए ।

दुईतिहाइकाे कम्युनिस्ट सरकारले विभिन्न शिर्षकमा कर बढाएर सर्वसाधारणकाे ढाड सेक्ने कार्य गरेकाे भन्दै संयाेजक थापाले जनतालेे यसकाे प्रतिकार गर्नु पर्नेमा जाेड दिए ।
कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष अम्बर विष्टले पछिल्लाेे तथ्यांकअनुसार नेपालमा १२ लाख मानिसले धर्म परिवर्तन गरेकाे उल्लेख गर्दैै सरकारले हिन्दु धर्म जाेगाउन पहिचानका निम्ति हिन्दु राष्ट्र नेपाल घाेषणा गर्नुपर्ने बताए । ७ अर्व जनसंख्यामध्ये १ अर्व १० कराेड भन्दा बढी जनसंख्या हिन्दु धर्म मानेकाेे र नेपालमा ८२ प्रतिशत मानिस हिन्दु धर्म मानेकाे भन्दै जिल्ला अध्यक्ष विष्टले यसलाई कायम राख्न राप्रपा जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताए ।

कार्यक्रममा जिल्ला सदस्य बाबुराजा श्रेष्ठ, क्षेत्रिय अध्यक्ष विजय बराललगायतले बाेलेका थिए । क्षेत्रिय उपाध्यक्ष देवी थापाकाे स्वागत रहेकाे कार्यक्रममा जिल्ला उपाध्यक्ष नयनसिंह भण्डारी,जिल्ला सदस्य दिपक खरेललगायतकाे सहभागिता थियाे ।
राप्रपा गाैरीगंज समितिका अध्यक्ष सहदेव खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन नन्दराज थापाले गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  १० : २९ बजे