१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि


१८ माघ २०७५, शुक्रबार  

0
Shares

20190201_115808
काठमाडौं १८, माघ/ नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन् ।

पहाडमा ९.१ प्रतिशत अर्थात् २७ लाख र तराईमा ४.७ प्रतिशत अर्थात् १४ लाख दलित बस्छन् । पहाडका दलितमध्ये ४२.४ प्रतिशत अर्थात् ११ लाख ५५ हजार र मधेसका दलितमध्ये ४०.२ प्रतिशत अर्थात् ५ लाख ६२ हजार चरम गरिबीको रेखामुनि छन् । यसरी देशभरका ४० लाखमध्ये १७ लाख १७ हजार अर्थात् ४२ प्रतिशत दलित चरम गरिब छन् । राष्ट्रिय योजना आयोगले २०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१.२२ प्रतिशत र प्रदेश २ मा ४७.८९ प्रतिशत जनता गरिब छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ६ : १६ बजे