१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेविसंघको मसाल जुलुशमा प्रहरीकाे हस्तक्षेप, भाेली गाैरीगंजमा विराेध जुलुस


१६ माघ २०७५, बुधबार  

0
Shares

20190130_193710

दमक १६, माघ / झापाको दमकमा बुधबार साँझ नेपाल विद्यार्थी संघले सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । चर्का नाराबाजीसहित नेविसंघले दमकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट दमक चोक परिक्रमा गरि पुन क्याम्पसमोड तर्फ जाँदै गर्दा विचैमा प्रहरीले हस्तक्षेप गरेको छ ।
चिकित्सा शिक्षा विधेयक ल्याएको विरोधमा देशव्यापी आन्दोलनमा रहेको नेविसंघले झापामा भने बुधबार स्थानीय तहस्तरमा जिल्लाभर प्रदर्शन गर्ने कार्यक्रम थियो । नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा जिल्लाभर तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । नेविसंघ गाैरीगंजले भाेली विहान ७ बजे विराेधस्वरूप गाैरीगंज क्याम्पसदेखि नारावाजीसहित जुलुस निकालिने जनाएकाे छ । नेविसंघका जिल्ला सदस्य देव ताजपुरियाका अनुसार नेविसंघकाे केन्द्रीय कमिटिकाे निर्णय बमाेजिम सरकार विरूद्व कार्यक्रम गर्न लागिएकाे बताए ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  २ : ०० बजे