१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तल्लाे रामचन्द्रे सिचाईकाे निर्माण कार्य धमाधम


१९ माघ २०७५, शनिबार  

0
Shares

20190202_103749
गाैरीगंज १९, माघ/ गौरीगञ्ज ५ र ६ स्थित तल्लो रामचन्द्रे सिँचाइ योजनाकाे निर्माण कार्य धमाधम भईरहेकाे छ ।
उक्त योजनाको पुस ९ गते प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विधिवत सिलान्यास गरेपछि निर्माण कार्य शुरू भएकाे हाे । सिचाई याेजनाबाट ७ सय बिघाभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी तल्लो रामचन्द्रे सिँचाइ योजनाको निर्माण कार्य भईरहेकाे
झापा जिल्ला सिचाई डिभिजन प्रमुख कृष्णप्रसाद राजवंशीले बताए ।
सिँचाई योजना दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी नयाँ बाटो सिवाको सताक्षी जेभीसंग ठेक्का सम्झौता भएको छ । प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले भ्याटसहित ८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको राजवंशीले बताए । सिँचाइ योजनामा ४.२ किलोमिटर मूल नहर र ४.५ किलोमिटरका दुई वटा शाखा नहर निर्माण गरिने उनले बताए ।
सिँचाइ योजनाहरू निर्माण भएपछि विशेषगरी गौरीगञ्ज क्षेत्रका किसानले आफ्नो उत्पादन क्षमता बढाउन सक्ने गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले समग्र किसानको भलाइ हुने भएकाले सिँचाइ योजना निर्माण कार्यमा सबैले सहयाेग गर्नुपर्ने आग्रह गरेका छन् ।   सिचाई याेजनाकाे क्यानल खन्ने क्रममा क्षति भए र भए गरेका कार्यकाे रेखदेखका लागि अनुगमन समिति र मुल्यांकन समिति गठन गरिएकाे छ । स्थानिय कृषकहरू सहभागिमा सहदेब खडकाकाे संयाेजकत्वमा अनुगमन समिति र धनकुमार थापाकाे संयाेजकत्वमा मुल्यांकन समिति गठन गरिएकाे सिचाइ आयाेजनाका अध्यक्ष मानबहादुर राजवंशीले बताए

गौरीगन्ज गाउँपालिकाे वार्ड नं ५ र ६ लगायत क्षेत्रमा सिँचाइ सुविधाबाट वर्षौंदेखि सिँचाइ अभाव खेप्दै आएका दक्षिण–पश्चिम झापाका किसानलाई लक्षित गरी सिँचाइ योजना निर्माण थालिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : ५८ बजे