झापा १५, साउन / करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो । झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५,…