१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विर्तामोड तनावग्रस्त :प्रहरी जाईलाग्दा दर्जनौ घाइते


१० कार्तिक २०७४, शुक्रबार  

0
Shares

birtamod1
बिर्तामोड /
झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको शान्तिपूर्ण विरोधलाई प्रहरीले दमन गरेको छ । लामो समयसम्म पनि घटनालाई ढाकछेक गर्न बिर्तामोडका डिएसपी राजकुमार सिलवाल लागे पनि सर्वसाधारणको निरन्तरको दाबा बढ्न थालेपछि सर्वसाधारणको यालीमा प्रहरीले बलपैयोग गरेपछी दुई पक्षवाट ढुङगा हनाहान भएको थियो ।

पटक पटकको शान्तिपूर्ण मागलाई प्रसाशन व्यवस्था गरेको भन्दै आज बिर्तामोड बन्दको आह्वान गरेर स्वत स्फुर्त रुपमा निकालिएको यालीमा प्रहरीले टियर ग्यास र ढुङगा हानेर नागरिक माथि दमन गरेको हो । उजुरी दर्ता गर्न समेत अनाकानी गरेका डिएसपी सिलवालले घटनालाई तोडमोड गर्ने प्रयत्न गरिरहेका छन् आरोप छ ।

मृतकका आफन्त र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालीएको विरोध र्यालीमा डिएसपी सिलवालले चर्को दमन गरेका छन् । बालकको हत्या भएको एक महिना बित्न लाग्दा समेत प्रहरीले घटनाको बास्तविकता सार्वजनिक नगरेको भन्दै सर्वसाधारण आक्रोशित बन्न थालेका छन् ।

प्रहरीको कामप्रति नै असन्तुष्टि जनाउँदै मृतकका आफन्त र सर्वसाधारणले इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवालको सरुवाको माग गरेका थिए । सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रमा गर्ने क्रममा प्रहरीले दमन गरेको हो ।

गत असोज १४ गते भाइटीकाको दिन सुरेश पोखरेलको घरमा गएका बालक १५ गते बिर्तामोड–१ स्थित ठाकुर मन्दिर नजिकै बैंशावाडीको भौडीमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए ।
यसैबीच मृतकका परिवार र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै सीता पाण्डेको संयोजनमा २७ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत अत्यावश्यकीय सेवाका साधन बाहेक सम्पूर्ण सवारी साधन चल्न नदिने, बिर्तामोड क्षेत्रका कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्था पूर्ण रुपमा बन्द गर्ने रहेका छन् । प्रहरीले अश्रृग्यास प्रहार गर्न थालेका छ । अहिले बिर्तामोडको अवस्था तनाब पूर्ण बन्दै गएको छ । हत्याको घटनालाई आत्महत्या बनाउन प्रहरी लागि गरेको सर्वसाधारणले आरोप लगाएका छन् । केही सर्वसाधारणलाई पक्राउ गरेको प्रहरीले उनीहरुलाई कुटपिट समेत गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय झापा एसपी विष्णुकुमार केसीले निरीहता देखाएका छन् । समाचारसंकलनका लागी खटिएका सञ्चारकर्मीमाथी पनि प्रहरीले ढुङगा प्रहार र धरपकड गर्न थालेपछि यसो नगर्न आग्रह गर्दा केसीले गैरजिम्मेवारी पूर्ण अभिब्यक्ति दिएका छन् । बिर्तामोडका डिएसपी सिलवालले सर्वसाधारणलाई बाटोमा हिड्न समेत नदिएर आफ्नो र्कतुत लुकाउने प्रयास गरिरहेको सर्वसाधारणले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार  ५ : ५० बजे