११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

बिर्तामोडमा भोली बिहान ९ बजेसम्म कर्फ्यु हटाउने निर्णय


१२ कार्तिक २०७४, आइतबार  

0
Shares

btm1

विर्तामोड/तीनदिनदेखि बिर्तामोडमा लाग्दै आएको कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समितिको अहिले साॅझ बिर्तामोडमा बसेको बैठकले वेलुका ९ बजेदेखि भोली बिहान ९ बजेसम्म कर्फ्यु हटाउने निर्णय गरेको हो ।कर्फ्युका कारण जनजीवन प्रभावित बनेको छ । झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, स्थानीय प्रशासन र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५–२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको थियो । मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने समेत सहमति भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय पनि गरेको छ ।

दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैंसावाडी स्थित झाडीमा फेला परेको थियो । यसैबीच गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्य उच्चस्तरीय छानविनले आजबाट काम सुरु गरेको छ । छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवि अधिकारी र राष्ट्रिय अनुसंन्धान विभागका अनुसंन्धान निर्देशक हरिहर पौडेल रहेका छन् । समितिले बिर्तामोडमा घटेको घटनाको बारेमा अनुसन्धान गरी सात भित्र राय सुझावसहितको प्रतिवेदन गृहमा बुझाउनु पर्ने छ ।
दलहरुले हिजो ८ बुदे सहमति गरेपनि स्थानीयबासीले आफुहरुको आन्दोलनमा दमन गरेको भन्दै दोषिलाई कडा कारबार्ही नभएसम्म नछाड्ने अडान लिएका छन् । उनीहरुले डिएसपी राजकुमार सिलवाललाई बर्खात गर्न माग गरेका छन् भने बालकको हत्या भएको दाबी गरेका छन् । त्यस्तै निदोष ब्यक्तिालाई गोलि हानी हत्या गरेको भन्दै सर्वसाधारणले आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले राजनीतिक दल र जनप्रतिनिधिलाई घटना स्थलमा आएर जनतालाईै बुझाउन माग समेत गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७४, आइतबार  १ : ३५ बजे