बिराटनगर २७, मंसिर / तराईमा शसस्त्र रुपमा संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरी सदरमुकाम राजविराजमा सरकारी वार्ता टोलीसमक्ष हातहतियार बुझाएको छ । सरकारले सोम प्रसाद पाण्डेको संयोजकत्वमा विभिन्न भूमिगत समूहसँग बार्ता गर्न गठित टोली समक्ष मोर्चाले आज हातहतियार बुझाएको हो । जयकृष्ण गोइतसँग अलग भएर छुट्टै अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी)…