१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

भारतबाट कार रिर्जाव गरेर नेपालमा डकैती आएका डकैतलाई प्रहरीले पक्राउ गर्न नसकेपछि…


५ असार २०७६, बिहिबार  

0
Shares

logo1

झापा ५, असार / कार रिजर्भ गरेर दिउँसै डकैत गर्न आएका भारतीय समूहलाइ स्थानीयले पक्राउ गरी प्रहरीमा जिम्मा लगाउन थालेका छन् । झापाको भद्रपुर नगरपालिका क्षेत्रमा केही महिनायता दिउँसै घर फोरेर डकैती गर्ने गिरोह सकृय भए पनि प्रहरीले पक्राउ गर्न नसकेपछि स्थानिय आफै सजक हुन थालेका छन् ।

पछिल्लो पटक भद्रपुर १० स्थित देउनिया खोला किनारमा रहेको वरपिपल टोलका उत्तम सुवेदीको घर मध्यान्न १ वजे डकैती गर्न पसेका दुई जना भारतीय डाकालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । यस्तै देवनियाको बाक्लो बस्तीमा रहेको विरेन तामाङको घरमा दिउँसै डेढ बजेतिर घरको दक्षिण तर्फबाट ढोका फोरेर गरगहना र पैसा लिएर भागिरहेको अवस्थामा भारत सिलीगुढीका शुभ राय र बैङ्लोरका राज र्मुर्मुलाइ स्थानीयले पक्राउ गरी प्रहरीलाइ जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डकैत र चोरी गर्न १० देखि १२ जनाको समूह बनाएर नेपाली बस्तीमा छिरेको उनीहरुले प्रहरीलाइ जानकारी दिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।

स्थानीयहरूले रङ्गे हात पक्राउ गरेका ती डकैतमा संलग्न एउटा मारुती लिएर डकैत गर्न नेपाल आएको बताएको स्थानीयले जानकारी दिए । डकैत गरेर भागिरहेका दुई जनालाई भद्रपुर १० र विर्तामोड ८ बाट पक्राउ गरिएको थियो ।
स्थानीयहरूले रङ्गे हात पक्राउ गरेका ती डकैतमा संलग्न एउटा मारुती लिएर डकैत गर्न नेपाल आएको बताएको स्थानीयले जानकारी दिए । डकैत गरेर भागिरहेका दुई जनालाई भद्रपुर १० र विर्तामोड ८ बाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार  ८ : ५० बजे