१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकमा ब्युटी ट्यालेन्ट कम्पिटिसन र मिस पूर्वाञ्चल मोडल आइकन प्रतियोगिता हुने


१९ असार २०७६, बिहिबार  

0
Shares

aaaa1
दमक १९ ,असार / झापाको दमकमा हुने ब्युटी ट्यालेन्ट कम्पिटिसन र मिस पूर्वाञ्चल मोडल आइकन प्रतियोगिताको तयारी भइरहेको छ ।
स्वागत डान्स एकाडेमी, दमक किङ्ग डान्स एकेडेमी र क्रमशः मिडियाले आज पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी दिएको हो । वाल वालिका, किशोर र किशोरीहरुको क्षमता अभिवृद्धि गर्न साथै उनीहरुको बौदिक बिकासका लागि ब्यूटी ट्यालेन्ट कम्पीटिसियन सिजन २ गर्न लागेको एकाडेमीका प्रमुख स्वागत राईले बताउनु भयो ।
साउन ३२ गते हुने ब्यूटी ट्यालेन्ट प्रतियोगिताको फाइलनका विजेताहरु निश्पक्ष आधारमा छनौट गर्न स्वागत डान्स एकाडेमीले धेरै प्रयास गर्ने प्रमुख राईले बताउनु भयो । पत्रकारको जिज्ञासामा केही वाहिरबाट आएर ब्यूटी कन्टेसलाई बद्नाम गरे पनि हाम्रो पेशा ब्यवसाय यही क्षेत्र भएकोले इमादार पूर्वक प्र्रतियोगीको क्षमता , कला गला प्रस्तुतीको आधारमा विजेता घोषण गर्ने उहाँको भनाई छ ।
अतिरिक्त्त किलाकलापमा पोख्त बनाउदै सहभागीहरुलाई ब्यक्तित्व बिकास , नेतृत्व बिकास , मोडलिङ्ग , फोटो सुट लगायतका गतिविधिमा उनीहरुलाई सहभागी गर्ने कार्यक्रम संयोजक चन्द्रमान राईले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न अनुमानित लागत ५ लाख बढी खर्च लाग्ने एकाडेमीका प्रमुख स्वागत राईले बताउनु भयो ।
यसै गरी पत्रकार मञ्चमै दमक किङ्ग डान्स एकेडेमी र क्रमशः मिडियाले गरेको पत्रकार सम्मेलनमा असार २८ गते हुने प्रतियोगिताको फाइलनमा १८ जना प्रतियोगीले प्रतिष्पर्धा गर्ने संस्थाका प्रमुख कृष्ण शाहले बताउनु भयो ।
प्रतियोगिताको विजेताले ५०हजार रुपैयाँ पाउने दमक किङ्गले जनाएको छ । बन्द प्रशिक्षणमा रहेका सहभागीले अहिले अभिनय कला सिकी रहेको , सामाजिक गतिविधिमा सहभागी भइरहेको प्रमुख शाहले बताउनु भयो ।अनुमानित १० लाख खर्च लाग्ने प्रतियोगितामा सहभागीहरु ५९ जनाबाट ४ चरणमा छनौट गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  २ : २५ बजे