१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ग्रामीण महिलालाई महिला अधिकार र क्षमता अभिवृद्वि प्रशिक्षण


१६ असार २०७६, सोमबार  

0
Shares

mahila news1

गौरीगंज १६, असार / ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई संविधानले निर्दिष्ट गरेका महिलाहरुका हक अधिकारकाबारेमा जानकारी गराउन महिला अधिकार तथा क्षमता अभिवृद्वि सम्बन्धि दुईदिने तालिम शुरु भएको छ । गौरीगंज गाउँपालिकाको ३ नं. वडा कार्यालयको आयोजनामा शुरु भएको तालिममा वडा भित्रका एक सय जना महिलाहरु सहभागि भएका छन् ।
सहभागिहरुलाई झापा वार एशोसिएसनका अधिवत्ताहरु कविता शर्मा र उमा कार्कीले सहजीकरण गरिरहेका छन् । शहजिकरणका क्रममा अधिवत्ताद्वयले महिला हक अधिकार र हिंसाका बारेमा प्रशिक्षण गरेका छन् । बालविवाह, घरेलु हिंसा, यौनजन्य हिंसा, सम्बन्ध विच्छेद, महिलाको सम्पति सम्बन्धि अधिकार, महिला शसक्त्तिकरण, नेतृत्वको विकासको बारेमा विस्तृत जानकारी गराईरहेका छन् । वडा नं. ३ का वडा अध्यक्ष मखाना महतो गैदारको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो । वडा अध्यक्ष मखना महतोले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गाउँका कुना काप्चामा रहेका महिलाहरुले कुनै प्रकारको हिंसाबाट पे्ररित हुन नदिन कार्यक्रमको सञ्चालन गरिएको बताए । गौरीगंज गाउँपालिकाकामक तथा कार्यक्रमकाका प्रमुख अतिथि दिपेन्द्र थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सरिता शेर्पा, वडा सदस्यहरु हेमा आचार्य, भवेश दास, महिला शाखा प्रमुख शुष्मा कोइराला, ज्ञानोदय मावि प्रिन्सिपल कल्पना थापालगायतको सहभागिता थियो भने वडा सचिव सन्तोष मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए ।
mahilanews2

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ४२ बजे